टिप्पर दुर्घटनामा नौ रोल्पालीको मृत्यु : शोकमा डुब्यो थवाङ र सुनछहरी

 असार २२, २०७५ शनिबार ५:४४:४३ | रासस
unn.prixa.net

रोल्पा – मुस्ताङमा भएको टिप्पर दुर्घटनामा परि रोल्पाका नौ मजदुरको मृत्यु भएको छ । 

मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणको काम गर्ने मजदुर बोकेको ना २ ख २२१९ नम्बरको टिप्पर दुर्घटनाग्रस्त हुँदा रोल्पालीसहित १९ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । 

मृत्यु हुने रोल्पालीमा थवाङ गाउँपालिका–१ रोल्पाका २८ वर्षीय सुकमान रोका, ३६ वर्षीय मौसम घर्ती, थवाङ–५ की ३१ वर्षीया जीतमाया घर्ती, २० वर्षीया सिर्जना रोका, २३ वर्षीय रास्त्रे रोका, २३ वर्षीया जीतकुमारी पुन र ११ वर्षीय महेश रोका छन् । 

मृत्यु हुनेमा रोल्पा, सुनछहरी गाउँपालिका–१का ३२ वर्षीया सुन्तु घर्ती र ३२ वर्षीय राजकुमार पुन पनि रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो । 

रोजगारीको सिलसिलामा रोल्पाली मजदुर पोखरा, मुस्ताङलगायत क्षेत्रमा जाने गर्छन् । दुर्घटनामा परि एकै पटक यति ठूलो संख्यामा जिल्लावासीको मृत्यु भएको खबर सुन्नेबित्तिकै जिल्लामा सन्नाटा छाएको छ ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया