मंगलबार सबै विदेशी मुद्राको भाउ घट्यो

 असार १७, २०७६ मंगलबार १०:१५:१८ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार अमेरिकी डलरसहति सबै विदेशी मुद्राको भाउ घटेको छ । 

नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०२ पैसा र बिक्रीदर ११० रुपैयाँ ६२ पैसा तोकेको छ । हिजो खरिददर ११० रुपैयाँ १३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा तोकेको  थियो । 

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ५० पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ३७ पैसा र बिक्रीदर २९ रुपैयाँ ५३ पैसा थियो । 

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा छ । हिजो सोमबार खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४१ पैसा थियो । 

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ  ९५ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३० रुपैयाँ १५ पैसा थियो । 

मंगलबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५९ पैसा र बिक्रीदर २६ रुपैयाँ ७४ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ८० पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा छ । हिजो खरिददर र ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा थियो । 

मंगलबार कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ १८ पैसा छ । हिजो खरिददर ३६३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ २७ पैसा रहेको थियो । 

यस्तै मंगलबार बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९३ रुपैयाँ ४२ पैसा छ । सोमबार खरिददर २९२ रुपैयाँ १३ पैसा र बिक्रीदर २९३ रुपैयाँ ७२ पैसा थियो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया