प्रदेश सांसद राजीव गुरुङ नेकपा प्रवेश गर्दै

 असार १८, २०७६ बुधबार १५:४:३६ | सुमन गुरुङ
unn.prixa.net

कास्की – प्रदेश सांसद राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुहुने भएको छ । 

मनाङको क्षेत्र नम्बर ‘ख’ बाट स्वतन्त्र उमेद्वार बन्नुभएका दीपक मनाङेका नामले चिनिने गुरुङले नेकपाकै समर्थनमा चुनाव जित्नुभएको थियो । उहाँलाई गण्डकी प्रदेशका मुख्यमन्त्री र नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले बिहीबार पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।

स्वतन्त्र उमेद्वारी दिएर राजनीतिमा प्रवेश गर्नुभएका गुरुङ संगठनमा रहेर जनताको सेवा गर्ने सोचले नेकपामा प्रवेश गर्न लाग्नुभएको उहाँका निजी सचिव जगदिशनाथ योगीले जानकारी दिनुभयो । 

चुनाव जितिसकेपछि ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहनुभएका सांसद गुरुङ झण्डै नौ महिनापछि गएको माघ १४ गते शपथ ग्रहण गरी गण्डकी प्रदेशसभामा प्रवेश गर्नुभएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया