बर्दियामा झण्डै २ हजार किसानले गरे नहर सफाई (फोटो फिचर)

 जेठ ५, २०७५ शनिबार २०:१६:४१ | भावुक योगी
unn.prixa.net

बर्दिया, जेठ ५ – किसानले श्रमदान गरेर बर्दियाको बबई सिंचाई आयोजनाको नहर सफाई गरेका छन् ।

 

बबई नदीको बबई सिँचाई आयोजनामा पर्ने झण्डै एक किलोमिटर लामो नहरको दाँयाबाँया थुप्रिएको माटो र वालुवा सफाई गर्न सनिवार झण्डै २ हजार किसान जुटेका हुन् । नदी सरसफाइमा बर्दियाको ४७ मौजा र १७ मौजा गरी कुल ६४ मौजाका झण्डै २ हजार किसान सहभागि रहेको बर्गदा जम्ती नेउलापुर सिँचाई जल उपभोक्ता समितिका सचिव बेदप्रसाद खनालले जानकारी दिनुभयो ।

जेठदेखि ४५ दिनजति जनश्रमदान (बेगारी) गरेर खेतीपातीका लागि नदीबाट कुलोमा पानी लैजाने गरिएकोमा नहर बनेपछी आठ वर्ष यता वर्षमा एकदिन मात्र नहर सफाई गरिने गरेको बर्गदा जम्ती नेउलापुर सिँचाई जल उपभोक्ता समितीका अध्यक्ष भुजराम थारुले बताउनुभयो ।

बारबर्दिया नगरपालिकाका ६ गाउँ, मधुवन नगरपालिकाका ६ गाउँ, ठाकुरबाबा नगरपालिकाका ६ गाउँ र गुलरिया गाउँका ४ गाउँ अर्थात ६४ मौजाको चार विगा जमिन बराबर एकजना किसान सहभागि हुँदा झण्डै २ हजार जना सफाईमा जुटेका पश्चिम बबई जल उपभोक्ता संस्था ढोढरीका पदमराज काफ्लेले जानकारी दिनुभयो ।

नहर सफाईका लागि वर्षेनी आलोपालो नहरको पुर्वी र पश्चिमी क्षेत्रका किसान जुट्ने गर्छन् । यसवर्ष पश्चिमी क्षेत्रको पालो थियो । सफाई भएको एकहप्ता भित्र किसानले धानको विउ राख्ने गर्छन् ।

नहर सफाईका बेला कोही विरामी भए वा कुनै समस्यामा पर बडघरसंग बिदा लिएर बसेमा जरीवाना नपर्ने तर जानकारी विना सहभागि नभए एकदिनको ज्याला जरिवाना तिर्नुपर्छ ।

नहर सफाइका बेला बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग, सिँचाई आयोजनाका कर्मचारी लगायत उपस्थित थिए ।नहर सफाई गर्न शुक्रवार बडघरको निर्देशनमा गाउँका चौकीदारले गाउँगाउँमा बेगारी अर्थात जनश्रमदान छ ै भन्ने खबर गरेका थिए ।

कुलापानी मौजाका बडघर एवं बर्गदा जम्ती नेउलापुर सिँचाई जल उपभोक्ता समितीका अध्यक्ष भुजराम थारुले विहान ११ बजेतिर हरेक गाउँको भागमा परेको माटो बगाउन निर्देशन दिएपछी किसान नहरमा पसेर फरुवा, काठ र डोरीको सहायताले माटो बगाउन थालेका थिए ।

चर्किएको गर्मीमा पानीमा डुबुल्की मार्दै कोदालोले माटो तान्दै, होहल्ला गर्दै माटो बगाउँदै गर्दा नहरमा किसानको मेला नै लागेको जस्तो देखिन्थ्यो । तर नहरमा जम्मा भएको माटो बगाउन सजिलो भने थिएन । उनीहरु भोकप्यास लागे डोरीको सहायताबाट बाहिर निस्केर खाजा र पानी खाँदै सफाइ गर्न नहरमा पस्दै गर्थे ।

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया