प्रधानमन्त्री रोजगार कार्यक्रम : लोपोन्मुख राउटे समुदायले पनि पाए काम

 असार १९, २०७६ बिहिबार १५:४१:३४ | रासस

दैलेख – 'प्रधानमन्त्री रोजगार कार्यक्रम' अन्तर्गत लोपोन्मुख मानिएका राउटे समुदायका सदस्यहरुले रोजगारी पाएका छन् । दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका ५२ जनालाई रोजगारी दिएको हाे ।  

कर्णालीका विभिन्न जिल्लामा घुमन्ते जीवन बिताउँदै आइरहेका लोपोन्मुख राउटे समुदायलाई पनि रोजगारी दिएर आर्थिकरुपमा सबल बनाउन वृक्षारोपण गर्ने काम सुम्पेको गुराँस गाउँपालिकाले बताएको छ । 

'प्रधानमन्त्री रोजगार कार्यक्रम' अन्तर्गत रोजगारी पाएका राउटेहरु वृक्षारोपणमा निकै खुशी भएका छन् । जङ्गलमै बस्ने र रुखहरु काटेर त्यसैका भाँडाकुडा बनाउने राउटेलाई यस्तो काममा लगाउँदा उनीहरुमा रुख काट्नु हुँदैन भन्ने भावना जगाउने अपेक्षा गरिएकाे छ ।

यस्तै गाउँपालिकाले लोपोन्मुख राउटे समुदायलाई बाख्रा पनि वितरण गरेको छ । गाउँपालिकाले राउटे समुदायका ४६ घरपरिवारलाई एक/एक वटा बाख्रा वितरण गरेको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया