आजदेखि रातमा काठमाण्डौ प्लाजामा निःशुल्क पार्किङ गर्न सकिने
मंसिर ७, २०८१ शुक्रबार
सर्लाही - बरहथवा नगरपालिका-४, हजारियामा ‘भू-माफिया’ले कब्जा गरेको ६ बिघा १४ कठ्ठा जग्गको दर्ता खारेज गर्ने सहमति भएको छ।
शुक्रबार बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले स्थानीय जागदेव महतोको नाममा दर्ता भएको किता नम्बर ३२८ र ३१४ को जग्गाको सम्पूर्ण दर्ता खारेज गर्ने सहमति भएको नगर प्रमुख महतोले जानकारी दिनुभयो।
पहिलेकाे हजारिया गाविस-७, खैरा टोलमा रहेको ६ बिघा १४ कठ्ठा सार्वजनिक ऐलानी जग्गालाइ बरहथवा नगरपालिकाका-४ का वडाध्यक्ष लखेन्द्र महतोले मालपोत कार्यालय बरहथवा र नापी कार्यालय बरहथवाको मिलेमतोमा ‘भू-माफिया’को नाममा लालपुर्जा बनाएको स्थानीयले आरोप लगाएका छन्।
आफूहरुले चार पुस्तादेखि जोतभोग गर्दे आएको सार्वजनिक ऐलानी जग्गामा‘भू-माफिया’को नामका लालपुर्जा बनेको भन्दै स्थानीय बासिन्दाले केही दिन अघि बरहथवा नगरपालिकासहित चार वटा सरकारी कार्यालयमा तालाबन्दी गरेका थिए। सार्वजनिक जग्गा व्यक्तिको नाममा गएको कारण आफूहरुको उठिवास लाग्ने भन्दै उनीहरु आन्दोलित भएका थिए।
शुक्रबार नगर प्रमुख महतोको अध्क्षतामा बसेको सर्वपक्षीय छलफलमा‘भू-माफिया’लाइ पक्राउ गरी कारबाही गर्ने, व्यक्तिको नाममा दर्ता भएको जग्गाको खारेज गर्ने, त्यसमा संलग्न व्यक्तिहरुको पहिचान गरी कारबाही गर्ने सहमति भएको जनाएको छ।
छलफलमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, मालपोत कार्यालयका प्रमुख नापी कार्यालय मलंगवाका प्रमुख र स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहको थियो। सार्वजनिक जग्गालाई व्यक्तिको नाममा सिफारिस गर्नेलाई तत्काल कारबाही गर्नुपर्ने स्थानीयको माग अहिले पनि जारी छ।
हजारियामा त्यस्ता सार्वजनिक जग्गा अहिले पनि झण्डै ५० बिघा भन्दा बढी रहेको १ नम्बर वडाका अध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिनुभयो। वडा नम्बर ४ का वडाध्यक्ष लखेन्द्र महतोले त्यस जग्गामा आफ्नो कुनै संलग्नता नरहेको दावी गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।