च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
सिन्धुली – सिन्धुलीका विभिन्न ठाउँमा गरीब र विपन्न परिवारका १ सय ५८ जना युवाहरु उद्यमी बनेका छन् । गरीबी र बेरोजगारीको चपेटामा रहेका स्थानीय युवालाई उद्याशीलता तालिम दिएपछि उनीहरु उद्यमी बनेका हुन् ।
घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीको सहयोगमा सहकार्य नेपाल सिन्धुली र सामूहिक सरोकार समाज सिन्धुलीले गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत गरीबीको रेखामुनि रहेका युवालाई ४५ दिने सीपमूलक तालीम दिएको थियो ।
घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीको सहयोगमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका र घ्याङलेख गाउँपालिकामा रहेका युवालाई उद्यमी बनाउन तालीम दिएको थियो ।
जसअन्तर्गत सीपमूलक तालीमपश्चात हरिहरपुरगढी गाउँपालिकामा होटल व्यवस्थापनतर्फ १७, बिजुली वाइरिङमा १७, तरकारी तथा च्याउखेतीमा १५, मरिण गाउँपालिकामा हाउस वाइरिङमा पाँच, बाँसबाट सामग्री बनाउने सीप १०, तरकारी तथा च्याउखेतीमा २१, सुनकोशी गाउँपालिकामा बासबाट सामग्री निर्माणसम्बन्धी तालीम १५, हाते कडाइ तथा बुटिकसम्बन्धी नौ, तरकारी तथा च्याउखेतीसम्बन्धी नौ, घ्याङलेख गाउँपालिकामा हाते होजीयारीमा २३, बाँसबाट सामग्री निर्माण गर्ने नौ र तरकारीखेती गर्न आठ जनाले तालीम लिएको कार्यक्रम संयोजक मञ्जु दङ्गालले जानकारी दिनुभयो ।
घरधुरी सर्वेक्षण गरी बेरोजगार तथा गरीबीको रेखामुनि रहेका युवाको तथ्याङ्क सङ्कलन गरेर उनीहरुको व्यवसाय गर्ने मागका आधारमा विभिन्न प्रकारका सीप प्रदान गरिएको घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीले जनाएको छ ।
वार्षिक प्रतिव्यक्ति ३३ हजार ५०० भन्दा कम आय भएका युवाको तथ्याङ्क सङ्कलन गरी स्थानीय स्रोतसाधनबाट व्यवसाय सञ्चालन गर्न सकिने अवस्था र बजारको मागसँगै युवाको मागका आधारमा तालीम दिएको कार्यालय प्रमुख माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।