बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
सर्लाही - हरिवन नगरपालिकाका ५ वटा वडा कार्यालयका वडाध्यक्षहरुले कार्यालय प्रयोजनका लागि मोटरसाइकल खरिद गर्न नगरले छुट्याएको रकम सामाजिक विकासमा खर्च गरेका छन।
नगरपालिकाले प्रत्यक वडा कार्यालयका लागि मोटरसाइकल खरिद गर्न तीन-तीन लाखका दरले रकम छुट्याएको थियो। वडा नम्बर-९ का वडाध्यक्ष सिताराम पोख्ररेलले नगरले मोटरसाइकल खरिद गर्न उपलब्ध गराएको रकमले दुई वटा सामुदायिक विधालयको खानेपानी पाइपका लागि रकम खर्च गर्नुभएको छ। वडाध्यक्ष पोख्ररेलले डुम्रीघारीमा रहेको देउराली प्राथमिक विद्यालयको लागि दुई लाख र ब्रह्मस्थान प्राथमिक विधालयको लागि एक लाख रुपैयाँ उपलब्ध गराउनुभएको हो।
विद्यालयलाई पैसा उपलब्ध गराएपछि ती विद्यालयले खानेपानीका लागि सबमर्सिबल वाटर पम्प जडान गरेका छन् । वडाध्यक्ष पोख्रेलले भन्नुभयो, 'विद्यालयमा खानेपानी नभएका कारण विद्यार्थीले घरबाट पानी बोकेर ल्याउने पर्ने बाध्यता छ, मैलै मोटरसाइकल नचढेकाले विद्यार्थीले भनेको बेलामा पानी त खान पाएका छन्, पुरानो मोटरसाइकलमा चढेर चुनाव जितेको हो, अब किन नयाँ चाहियो ?'
वडाध्यक्ष पोख्रेलले खानेपानी जडान गरिदिएपछि ढुम्री घारी प्राविका ९० जना र ब्रम्ह्र स्थानमा प्राविका तीन सय जना विद्यार्थीले खाने पानीको सुविधा पाएका छन् ।
त्यसैगरी ८ नम्बरका वडाध्यक्ष यज्ञविनोद ढुंगेलले पनि स्वास्थ्य चौकी सुधारमा रकम खर्च गर्नुभएको छ। उहाँले भन्नुभयो, 'मोटरसाइकलभन्दा पहिले नागरिकको स्वास्थ्य ठूलो हो, त्यही भएर मोटरसाइकल किन्ने रकम स्वास्थ्यमा खर्च गरेको हो।'
त्यसैगरी वडा नम्बर-७ का वडाध्यक्ष नेत्रप्रसाद मैनाली र वडा नम्बर-१० का वडाध्यक्ष शम्भू मैनालीले पनि माेटरसाइकल किन्न छुट्टाएकाे पैसा बाल विकास तथा विद्यार्थीको पोशाकमा खर्च गर्नु भएको छ ।
त्यसैगरी वडा नम्बर-११ का वडाध्यक्ष शेष मोहम्मद रेजाले पनि सामाजिक क्षेत्रमा रकम खर्च गर्नुभएको छ।
नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट ११ वटै वडालाई कार्यालय प्रयोजनका लागि मोटरसाइकल खरिद गर्न तीन-तीन लाखका दरले ३३ लाख बजेट छुट्याएको र बाँकी वडाले मोटरसाइकल खरिद गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो।
आर्थिक वर्ष २०७५/०७६ मा नगरसाभाले -९ नम्बर वडाका लागि अनुमोदन गरेको वडास्तरीय योजनाको अनुगमन गर्न पुगेका मेयर गणेश प्रसाईलाइ स्थानीय बासिन्दाले डिजिटल मेयर भन्दै भव्य स्वागत गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।