कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
कास्की – पोखरा महानगरको विजयपुर खोलामा बनाइएको डाइभर्सन पुल बाढीले बगाएपछि समस्या भएको छ ।
विजयपुर खोलाको पक्की पुल जोखिममा परेपछि १० टन भन्दा बढीका सवारीसाधन आवत–जावत गर्न बनाइएको डाइभर्सन आइतबार राति आएको बाढीले बगाएको हो । बाढीले डाइभर्सन पुलमा प्रयोग गरिएको ह्युम पाइप बगाएर केही तल सम्म पुर्याएको छ ।
डाइभर्सन बगाएपछि १० टनभन्दा बढी भार भएका गाडीको आवागमन नै बन्द भएको छ । बाढीले गर्दा यसअघि चर्किएर जोखिमयुक्त बनेको विजयपुरको पक्की पुलमा लगाएको फलामको सपोर्ट समेत समेत बगाएको छ । जसका कारण पुलबाट सवारी आवागमन प्रभावित भएको छ ।
कास्कीका उज्यालो सहकर्मी सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।