विश्वकप क्रिकेट : वर्षाले रोकिएको न्यूजिल्याण्ड र भारतबीचको खेल आज

 असार २५, २०७६ बुधबार ६:५०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्ड र वेल्समा जारी एकदिवशीय विश्वकप अन्तर्गत भारत र न्यूजिल्याण्डबीचको पहिलो सेमिफाइनलमा वर्षा बाधक बनेपछि स्थगित भएको छ । मंगलबार स्थगित भएको खेल बुधबार हुँदैछ ।

म्यानचेस्टरको वर्ल्ड ट्रफोट मैदानमा टस जितेको न्यूजिल्याण्डले ब्याटिङ गर्ने क्रममा ४६.१ ओभरमा वर्षाका कारण खेल रोकिएको थियो । जतिबेला उसले ५ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो । 

त्यसयता पानी पर्न नरोकिएपछि खेल सुरु हुन सकेन । बाँकी खेल बुधबार नेपाली समयअुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । 

जारी विश्वकपका खेलहरु वर्षाले प्रभावित भएको यो पहिलोपल्ट होइन । यसअघि लिग चरणका ५ खेल वर्षाले रद्ध गरिएको थियो । लिग चरणमा भारत र न्यूजिल्यान्डबीचको खेल पनि वर्षाले रद्ध भएपछि अंक बाँडिएको थियो ।

म्यानचेस्टरमा बुधबार पनि वर्षाको सम्भावना छ । आज पनि नभएमा समूह चरणको रनरेटका आधारमा भारत फाइनलमा पुग्नेछ ।

अहिलेसम्मको खेलमा भारतीय बलिङ आक्रमणले न्यूजिलयाण्डको ब्याटिङलाई नियन्त्रणमा लिएको छ । अनुभवी ब्याट्सम्यान रस टेलर ६७ र विकेटकिपर ब्याट्सम्यान टम लाथाम ३ रन बनाएर क्रिजमा छन् । 

यसअघि ओपनर मार्टिन गुप्टिल पुनः एकपल्ट सस्तैमा आउ हुँदा हेनरी निकोल्सले २८ रन बनाएर आउट भएका थिए । कप्तान केन विलियमसन ६७ रनको स्कोरमा युजवेन्द्र चहलको बलमा आउट भएका थिए । 
जिम्मी निसमले १२ र कोलिन ग्राण्डहोमले १६ रनमात्र बनाउन सके । न्यूजिल्याण्डले ३.५ ओभर ब्याटिङ गर्न बाँकी छ । शशक्त भारतीय ब्याटिङ लाइनका लागि न्युजिल्याण्डले चुनौतिपूर्ण रन योगफल बनाउन सकेको छैन ।

कप्तान विराट कोहलीले जसप्रित बुमराह, भूवनेश्वर कुमार, हार्दिक पण्ड्या, रविन्द्र जडेजा र युजवेन्द्र चहललाई बलिङको जिम्मा दिएका छन् र सबैले एक–एक विकेट लिएका छन् ।

यस खेलको विजेताले अस्ट्रेलिया र इंग्ल्याण्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया