रौतहटका दर्जनभन्दा बढी गाउँ डुबानमा

 असार २७, २०७६ शुक्रबार ११:२९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट – रौतहटमा बागमती र लालबकैया नदीमा बाढी आउँदा एक दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन् । लालबकैयाको कटहरियामा र बागमतीको पूर्वतिरको बाँध भत्किँदा बस्तीमा पानी पसेको हो ।

लालबकैया नदीको हरसाहा, भसेढवा, कटहरिया, बुनियाद, तेजापाकड, लौकाहा, बन्जरहालगायतका गाउँ जोखिममा रहेको बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना प्रमुख राजकुमार श्रीवास्तवले बताउनुभयो । नदी नियन्त्रण टोली ठाउँठाउँमा खटिएको पनि उहाँले जानकारी दिनुभयो ।

यस्तै बागमती नदीको बाढीले गढीमाई, लक्ष्मीपुर, मत्सरी, गढो, बडहर्वा, बसतपुर, ब्रहम्पुरी, हजरिया लगायतका गाउँ जोखिममा परेका छन् । रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बाँध भत्केको ठाउँमा प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

यस्तै चाँदी खोलामा आएको बाढीको कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहट खण्ड अवरुद्ध भएको छ । ठूला गाडी चले पनि साना गाडी चल्न सकेका छैनन् । सदरमुकाम गौरका सरकारी कार्यालय पनि डुबानमा परेका छन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया