यूएईमा नेपालीको संख्या साढे दुई लाख पुग्यो

 असार ३०, २०७६ सोमबार १३:२५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएई –संयुक्त अरब इमिरेट्स (युएई)मा कार्यरत नेपालीको नयाँ तथ्यांक सार्वजनिक भएको छ । विभिन्न पेशा, व्यवसायको रुपमा यूएईमा रहेका नेपालीको संख्या २ लाख ४९ हजार ६ सय ८१ रहेको दूतावासले जनाएको छ ।

यूएईको पररास्ट्र तथा अध्यागमनको तथ्यांकअनुसार यूएईमा ३ सय ५७ जना विद्यार्थी अध्ययनरत रहेको नेपाली दूतावास आबुधाबीकी द्वितीय सचिव बिष्णुकुमारी अधिकारिले जानकारी दिनुभयो ।

कामदारको रुपमा यूएई आउने नेपालीको संख्या पछिल्लो दुई वर्षमा जम्मा २५ हजारले बढेको पाइएको छ । दुई वर्ष पहिले यूएईमा २ लाख २४ हजार ६ सय १ जना नेपाली कार्यरत थिए । त्यतीबेला ५ सय जना अध्ययनरत थिए ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया