ऋतिक रोशनले लत्याए संजय लिला भन्सालीको फिल्म

 असार २४, २०७५ आइतबार १८:०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फिल्म ‘देवदास’, ‘बाजीराव मस्तानी’ र ‘पद्यावत’ जस्ता ऐतिहासिक फिल्म बनाइसकेका निर्देशक सञ्जय लिला भन्साली अर्को फिल्म निर्माणको तयारीमा छन ।

तर अब बन्ने उनको फिल्म कुनै राजा, रानी वा राजकुमारीको कहानीमा आधारित हुनेछैन । किनकी भन्सालीले मलयालम फिल्म ‘पुलीमुरुगन’ लाई हिन्दीमा रिमेक गरिरहेका छन ।

सन् २०१६ मा प्रदर्शन भएको ‘पुलीमुरुगन’ सुपरहिट भएको थियो । यस फिल्ममा मलयालम सुपरस्टार मोहनलाल थिए । मोहनलालको यो फिल्म एडभेन्चर एक्शनमा आधारित फिल्म थियो ।  

यस फिल्मलाई सञ्जय लीला भन्सालीले हिन्दी भाषामा रिमेक गर्न लागेका छन् । यस फिल्ममा लागि निर्देशक भन्साली ऋतिक रोशनलाई लिन उत्साहित थिए । किनकी उनलाई मोरुगन जस्तो एक्शन रोल ऋतकलाई नै सुहाउने भन्ने लागेको थियो । तर यस भूमिकाको लागि भन्सालीको प्रस्ताव ऋतिकले अस्विकार गरिदिएको खबर सार्वजनिक भएको छ । 

भन्सालीले यस भूमिकामा काम गर्नका लागि ऋतिकलाई सम्पर्क गरेका थिए तर ऋतिकले उनको यस प्रस्तावलाई अस्वीकार गरिदिए । तर उनले यस फिल्ममा काम नगर्नुको कारण भने बताएनन् । ऋतिकले यस फिल्ममा काम गर्न नमानेपछि अहिले भन्साली यस फिल्मका लागि अभिनेताको खोजीमा छन् ।

ऋतिकले छोडेको यस फिल्मका लागि कुन अभिनेता चुनिनेछन, त्यो पछि नै थाहा हुनेछ । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया