उपकुलपति कोइरालाको आक्रोश : कम्युनिष्टहरु संस्कार र संस्कृतिका विरोधी हुन (भिडियोसहित)

 असार २४, २०७५ आइतबार १८:२०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी ओलीले आफूलाई अपराधीजस्तो व्यवहार गरेको आरोप लगाउनु भएको छ । 

उपकुलपति कोइरालाले आफूलाई क्यानडा जान विमानस्थल पुगेका बेला प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा फर्काउने काम भएको भन्दै आपत्ति जनाउनु भएको हो । आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले आफूलाई नियन्त्रणमा लिएर विश्वविद्यालयका कुलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले सिंगो प्राज्ञिक क्षेत्रकै अपमान गरेको दावी समेत गर्नुभयो ।

उहाँले आफूलाई अपमान गरेबाट कम्युनिष्टहरु संस्कृति र संस्कारको विरोधी भएको पुष्टि गरेको तर्क समेत गर्नुभयो । शनिबार दिउँसो क्यानडा जान विमानस्थल पुग्नु भएका उपकुलपति कोइरालालाई प्रहरीले नियन्त्रणमा लिई प्रधानमन्त्री निवास बालुवाटार पु¥याएको थियो ।

उपकूलपति कोइरालाले आफू क्यानडा पिकनिकका लागि नभई विश्व संस्कृत सम्मेलनमा भाग लिन जान लागेको तर सरकारले रोकेर अपमान गरेको गुनासो गर्नुभयो ।

उपकूलपति कोइरालाले वर्तमान सरकार सर्वसत्तावादी सोच अनुसार चलेको आरोप पनि लगाउनुभयो । उहाँले सबै माध्यामिक तहमा संस्कृत विषय पठनपाठन गराउन आफूले पटक–पटक गरेको आग्रहलाई पनि सरकारले नसुनेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

 

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया