इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
बैशाख १५, २०८१ शनिबार
कैलाली – कैलालीको धनगढीमा बम विस्फोट हुँदा पाँच जना गम्भीर घाइते भएका छन् ।
धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा पाँच जना गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक पुष्कर पन्तले बताउनुभयो ।
बम विस्फोटमा परि होटेलका सञ्चालक केशवराज पाण्डेयसहित बझाङका राम सिंह, कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव र ठेगाना नखुलेका मोबिन खान घाइते भएका छन् ।
घाइतेहरुको चटकपुरमै रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पन्तले जानकारी दिनुभयो ।
होटेलमा पेस्तोल भेटियो
विस्फोट भएको होटेलमा एक थान पेस्तोल र झोलासमेत फेला परेको छ । झोला र पेस्तो भेटिएकोले घटना शंकास्पद रहेको जिल्लाप्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।
घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । यसअघि ग्यास सिलिण्डर विस्फोट भएको भनिए पनि त्यो नभएर ठूलै बम विस्फोट भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।