नागार्जुनमा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति
चैत ३, २०८१ आइतबार
काठमाडौं – आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसी र गंगामाया अधिकारीको माग सम्बोधन गर्न दवाव दिँदै आइतबार पनि काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरिएको छ ।
वरिष्ठ चिकित्सक केसीका समर्थकहरुले आइतबार दिउँसो माइतीघर मण्डलामा भेला भई वरिष्ठ चिकित्सक केसी र गंगामायाको जीवन रक्षा गर्न सरकारसँग पुनः दवाव दिएका हुन् । वरिष्ठ चिकित्सक केसीले राख्नु भएको माग जायज र न्यायसम्मत भएकाले त्यसलाई तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिने कामलाई निरन्तरता दिइएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिनुभयो ।
प्रर्दशनकारीहरुले मेडिकल शिक्षामा सर्वसाधारणको पहुँच पु¥याउने गरी आएको वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकार उदासिन भएको भन्दै आक्रोश पनि व्यक्त गरेका थिए ।
सरकारले वरिष्ठ चिकित्सक केसीको मागलाई बेवास्ता गरेर राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक संसदमा दर्ता गराएपछि त्यसको विरोधमा नागरिक समाजका अगुवाहरुको नेतृत्वमा काठमाडांैमा प्रर्दशन हुँदै आएको छ ।
उनीहरुले वरिष्ठ चिकित्सक केसीलाई सम्मानका साथ आमरण अनसन तोड्ने वातावरण तत्काल बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन । जुम्लामा आमरण अनसनमा बस्नु भएका केसीलाई काठमाडौं ल्याउने वातावरण बनाउने काममा सरकारले ढिलाई गरेकोमा पनि उनीहरुको आपत्ति छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।