भारतबाट १२ घण्टा मात्रै बिजुली आयात हुने, उद्योगमा बिजुली कट...
चैत ३, २०८१ आइतबार
काठमाडौं – नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालालाई सरकारले क्यानडा जान रोक लगाएपछि आइतबार दिनभर यसबारे बहस भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोइरालालाई क्यानडा भ्रमणमा जान रोक लगाएकोमा आपत्ति जनाएको छ । राष्ट्रियसभा बैठकमा कांगेसका सांसद बद्रीप्रसाद पाण्डेले सरकारले नेपाली टोलीको नेतृत्व गर्दै क्यानडामा आयोजित १७ औं संस्कृत सम्मेलनमा भाग लिन जान लागेका उपकुलपति कोइरालालाई शनिबार विमानस्थलमा पक्राउ गरी प्रधानमन्त्री निवास बालुवाटार पु¥याएकोमा आपत्ति जनाउनु भएको हो ।
गृहमन्त्री रामबहादुर थापाले भने उपकूलपति कोइराला अनुमतिबिना नै क्यानडा भ्रमणमा जान लागेकाले फर्काउनु परेको बताउनुभयो । गृहमन्त्री थापाले अनुमतिविना विदेश भ्रमणमा जान नपाउने सरकारको निर्णय नमानेपछि उपकुलपति कोइरालालाई क्यानडा भ्रमणमा जान नदिइएको स्पष्टिकरण दिनु भएको हो ।
राष्ट्रियसभाको बैठकमा उहाँले विदेश भ्रमणमा जान सरकारको अनिवार्य अनुमति लिने व्यवस्था रहेको र त्यसको पालना नभएपछि उपकुलपति कोइरालालाई विमानस्थलबाट फर्काउनु परेको जानकारी गराउनु भएको हो ।
उपकुलपति कोइरालाले भने प्रधानमन्त्री केपी ओलीले आफूलाई अपराधीजस्तो व्यवहार गरेको आरोप लगाउनु भएको छ । आफूलाई क्यानडा जान विमानस्थल पुगेका बेला प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा फर्काउने काम भएको भन्दै आपत्ति जनाउनु भएको हो ।
आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले आफूलाई नियन्त्रणमा लिएर विश्वविद्यालयका कुलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले सिंगो प्राज्ञिक क्षेत्रकै अपमान गरेको दावी समेत गर्नु भयो । उहाँले आफूलाई अपमान गरेबाट कम्युनिष्टहरु संस्कृति र सस्कारको विरोधी भएको पुष्टि गरेको तर्क समेत गर्नुभयो ।
शनिबार अपरान्ह क्यानडा जान विमानस्थल पुग्नु भएका उपकूलपति कोइरालालाई प्रहरीले नियन्त्रणमा लिई प्रधानमन्त्री निवास बालुवाटार पु¥याएको थियो । उपकूलपति कोइरालाले आफू क्यानडा पिकनिकका लागि नभई विश्व संस्कृत सम्मेलनमा भाग लिन जान लागेको तर सरकारले रोकेर अपमान गरेको गुनासो गर्नुभयो ।
गृहमन्त्री थापा र उपकुलपति कोइरालाको प्रतिक्रिया हेर्नुहोस् :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।