कुखुराको मासु पोखिँदा ज्यान गयो, हत्यामा संलग्न दुई पक्राउ

 असार २५, २०७५ सोमबार ६:३४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – मदिरा र कुखुराको मासु खादै गर्दा मासु पोखिएको निहुँमा भएको विवादका कारण भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ८ मा एक युवकको हत्या भएको छ ।

महानगरीय प्रहरी परिषर भक्तपुरले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै गएको असार १५ गते राति चाँगुनारायण ८ जितपुरका ३६ वर्षीय उमेश कार्कीको हत्यामा संलग्न रहेका पाँच मध्ये पक्राउ गरी दुई जनालाई सार्वजनिक गर्दै हत्याको कारण खुलासा गरेको हो ।

प्रहरीले हत्यामा संलग्न रहेकामध्ये सर्लाही हरिपुर नगरपालिका ८ जगतपुर घरभई अहिले नेपाली सेनाको प्युठ दर्जामा श्री नयाँ सबुज गणमा दरबन्दी रहेका ३५ वर्षीय रामसागर चौधरी र सर्लाही हरिपुर ७ घर भएका गंगाराम चौधरीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

घटनाबारे जानकारी दिँदै परिषरका प्रमुख एवं प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले हत्या पछि फरार रहेका पाँच मध्ये दुई जना पक्राउ परेको र  घटनामा संलग्न अन्य तीन जनाको खोजी भैरहेको बताउनुभयो ।

घटनापछि घर पुगेका प्यूठ रामसागर चौधरीलाई सर्लाहीमा रहेको आफ्नै घरबाट र गंगाराम चौधरीलाई काठमाडौं महानगरपालिका सानो भ¥याङमा रहेको उनकै  कोठाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
 
प्रहरीका अनुसार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ घर भई हाल चाँगुनारायण नगरपालिका–८, हनुमानचोकमा धनबहादुर गहतराजले सञ्चालन गरेको न्यू दीपक ग्रिल उद्योगमा काम गर्ने राजेन्द्र चौधरीलगायत चारजना मजदुर स्थानीयवासी दिनेश खड्काको घरमा डेरा लिई बसेका थिए । राजेन्द्रको कोठामा रामसागर र गंगाराम बेलाबेलामा आउने र सँगै ग्रिलको कामसमेत गर्ने गर्दथे ।

यही असार १५ गते पनि दिउँसो काम सकेर राति कुखुराको मासुसमेत ल्याएर रक्सी खाएर बसेको बेला राति करीब साढे आठ बजे उमेश पनि राजेन्द्रको कोठामा पुगेर मजदुरसँगै मादक पदार्थ सेवन गरेका थिए ।

त्यही क्रममा उत्पन्न सामान्य विवादमा उमेशले कुखुराको मासु पोखी दिएपछि त्यसैको रिसमा अन्धाधुन्ध रड र चक्कुले प्रहार गर्दा उमेशको मृत्यु भएको हो । पक्राउ परेका दुवै जनालाई भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया