बालयाैन दुराचारी अष्ट्रेलियन प्याराग्लाइडिङ पाइलट पोखराबाट पक्राउ

 साउन ७, २०७६ मंगलबार १९:४७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

सांकेतिक तस्बिर

कास्की –  पोखरा महानगरपालिका वडा नम्बर ६, डिहिको पाटनबाट बालयौन दुरुपयाेगको आरोपमा एक जना अष्ट्रेलियन नागरिक पक्राउ परेका छन् ।

केही विदेशी नागरिकले नेपाली बालकहरुलाई प्रलोभनमा पारी यौन दुराचार गरेको विशेष सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मंगलबार डिहिको पाटनबाट ६३ वर्षीय अष्ट्रेलियन नागरिक बेरीम्यान टमस अल्फ्रेडलाई पक्राउ गरेको छ । अल्फ्रेडले कोठामा फकाएर राखेका दुई बालकलाई प्रहरीले तत्काल उद्धारसमेत गरेको जनाएको छ ।

अल्फ्रेडले भाडामा लिएको कोठामा ती बालकसँग बालयौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गर्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अल्फ्रेड पेशाले प्याराग्लाइडिङ पाइलट भएको र उनी वर्किङ भिसामा नेपाल आएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।

पक्राउ परेका अल्फ्रेडलाई बालयौन दुरुपयोग र अप्राकृतिक मैथुन(जबरजस्ती करणी) गरेको अभियोगमा जिल्ला अदालत कास्कीबाट म्याथ थप गराइ अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया