सगरमाथाको आधारशिविरमा विलासी सामानको प्रयोगले समस्या बढाउँदै
चैत २५, २०८१ सोमबार
काठमाण्डौ – काठमाण्डौ केन्द्रित सडक आन्दोलन गरिरहेका शिक्षकहरुले आज कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेर चैत २० गते बुधवारदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन् ।
शिक्षकहरुले हिजो सिठी बजार तथा अस्ति शनिवार सडकमा सुतेर प्रदर्शन गरेका थिए । प्रदर्शनलाई सरकारले वेवास्ता गरेपछि आजदेखि शैक्षिक हडतालको घोषणा गरेको शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो ।
सरकारले वार्ताका लागि बोलाए पनि महासङ्घले अस्वीकार गर्दै आएको छ । ऐन जारी हुने अवस्था नबनेसम्म वार्तामा नजाने महासङ्घको अडान छ । सरकारसँग २०८० सालको असोजमै सहमति भइसकेकोले त्यही सहमति अनुसार ऐन जारी हुनुपर्ने सुबेदीले बताउनुभयो ।
शिक्षकहरुको हडतालका कारण विद्यालय भर्ना अभियान र एसईईको नतिजा प्रकाशन तयारी प्रभावित बन्ने जोखिम छ । यसबेला विद्यालयमा पढाई भने चलेको छैन । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु दोस्रो पटक काठमाण्डौ आएका हुन् ।
यसअघि २०८० असोजमा तीन दिन प्रदर्शन गरेपछि सरकारसँग सहमति गरेर विद्यालय फर्केका थिए । तर विधेयक पारित गर्न ढिलाइ भएकोले फेरी आन्दोलनमा आउनुपरेको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो ।
यसैबीच सत्तारूढ नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकहरूसँग सरकारले वार्ता गर्नुपर्ने बताएको छ । कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले आज विज्ञप्ती निकालेर शिक्षकहरूको आन्दोलन र शैक्षिक हड्तालका कारण विद्यालयको पठनपाठन प्रभावित बन्न पुगेको भन्दै सरकार प्रमुखले तत्काल वार्ता गर्नुपर्ने बताउनुभएको हो ।
यस्तै नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरूको जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । आज पार्टीका प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति निकालेर शिक्षा ऐन तत्काल जारी गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका जायज माग पूरा गर्ने प्रतिबद्धता दोहोर्याउनुभएकाे छ । आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा उहाँले शिक्षकहरु संवादमा आउने वित्तिकै माग सम्बोधन गर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।