राहुलले लगाए माेदीलाई भ्रष्टाचारको आरोप

 जेठ ६, २०७५ आइतबार १४:२२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ ६ – भारतीय कंग्रेस (कंग्रेस–आई) का अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार गरेकाे अाराेप लगाएका छन् ।

 

शनिबार सञ्चारकर्मीलाई सम्बोधन गर्दै गान्धीले भने 'तपाईहरूले प्रत्यक्ष देखिरहनुभएको छ प्रधानमन्त्रीले कर्नाटकमा कसरी विधायकहरूलाई केनबेच गर्न अधिकार दिइरहनुभएको छ ।'

उनले भने 'भाजपाले प्रधानमन्त्री मोदी र पार्टी प्रमुख अमित शाहभन्दा भारतीय समाज, जनता र व्यवस्था ठूला हुन् भन्ने बुझ्न जरुरी छ ।' गान्धीले प्रधानमन्त्रीले भ्रष्टाचार विरुद्ध लडिरहेको भन्ने झुटाे अभिव्यक्ति दिएर जनतालाई झुक्याइरहेकाे बताए ।

नेता गान्धीले भारतीय प्रतिपक्षी दलहरूलाई एकआपसमा एकता गरी विजेपीलाई हराएकोमा कृतज्ञता व्यक्त गरे । 

कर्नाटकमा राज्य सरकारका गभर्नर भाजुभाई आर भालाले कंग्रेस र जनता दलको गठबनधनमा बहुमत विधायक रहँदारहँदै पनि भाजपालाई सरकार गठनका लागि बोलाएपछि राजनीतिक सङ्कट उत्पन्न भएको थियो ।

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया