जस्टिन बीबरले अमेरिकी मोडल हेली बाल्डविनका साथ सुटुक्क गरे इन्गेजमेन्ट

 असार २५, २०७५ सोमबार १६:१२:८ | एजेन्सी
unn.prixa.net

क्यानडियन पप गायक जस्टिन बीबरले लामो समयदेखिकी प्रेमीका हेली बाल्डविनका साथ इन्गेजमेन्ट गरेका छन । 

इन्गेजमेन्टको कार्यक्रम निकै गोप्य रुपमा गरिएको छ । यसबारेमा मिडिया तथा कलाकार कसैलाई पनि थाहा दिइएन । २४ वर्षीय जस्टिन पछिल्लो २ वर्षदेखि हेलीको प्रेममा थिए । केही समय अगाडि यी दुवैको ब्रेकअपका खबरहरु पनि आएका थिए । 

गायक जस्टिन बीबरको नाम हेली बाल्डविन बाहेक कयौं सेलिब्रेटीहरुसँग जोडिएको थियो । बीबर लामो समयसम्म गायिका सेलेना गोमेजका साथ सम्बन्धमा थिए । तर केही समयअघि यी दुबैबीचको असमझदारीका कारण ब्रेकअप भएको थियो । सेलेनासँग छुट्टिएपछि जस्टिन फेरि हेलीको प्रेममा परेका हुन । अब भने यी दुवै एक अर्काको भएका छन् । यही जुलाई ७ शनिबारका दिन बहमासको एक रिसोर्टमा दुवैले इन्गेजमेन्ट गरेका हुन् ।

२२ वर्षीया हेली अमेरिकाकी चर्चित मोडल हुन । यी दुवैले इन्गेजमेन्ट गरेको खबरबारे अहिलेसम्म आधिकारिक जानकारी भने दिएका छैनन् । तर इन्गेजमेन्ट बारेको खबरहरुलाई नकारेका पनि छैनन । त्यसैले उनीहरुले इन्गेजमेन्ट गरेको खबरहरुलाई आधिकारिक मानिएको छ । 

साथै सामाजिक सञ्जालमा जस्टिनका बुवा तथा आमाले पोष्ट गरेको स्ट्याटसबाट पनि जस्टिनको इन्गेजमेन्टको खबरलाई पुष्टि गर्छ । जस्टिनका बुवाले जस्टिनको फोटोसहित ‘नयाँ अध्यायका लागि उत्साहित रहेको’ लेखेका छन् भने उनकी आमाले पनि खुशी व्यक्त गरेकी छिन् ।  
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया