मोटरसाइकल दुर्घटनामा श्रीमतीको ज्यान गयो, श्रीमान घाइते

 साउन १३, २०७६ सोमबार १९:५:६ | मुना हमाल
unn.prixa.net

सांकेतिक तस्बिर

सुर्खेत – सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

लु ५० प ८५५७ नम्बरको मोटरसाइकल वीरेन्द्रनगरको कपासेनजिक दुर्घटना हुँदा दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ५ का २७ वर्षीय मनिषा वंशी मगरको ज्यान गएको हो ।

दैलेखदेखि  सुर्खेत आउने क्रममा सुर्खेत दैलेख सडकखण्डमा पर्ने कपासेनजिक मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।  

मोटरसाइकल दुर्घटनामा मृतकका श्रीमान ३० वर्षीय डिलबहादुर वंशी मगर समान्य घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रतिपबहादुर क्षेत्रीले दुर्घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो । मृतकको शव पोष्टमर्टमका लागि प्रदेश अस्पताल कालागाउँमा राखिएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया