एक किलो सुनसहित थानकोटबाट एक जना पक्राउ

 साउन १६, २०७६ बिहीबार ८:३६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एक किलो सुनसहित थानकोटबाट एक जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले रसुवाबाट काठमाण्डौ आउँदै गरेको बा ९० प २७३६ नम्बरको मोटरसाइकल जाँच गर्दा एक किलो सुनसहित रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका–५ का पेम्बा तामाङलाई बुधबार साँझ पक्राउ गरेको हो । 

तामाङले ल्याएको एक किलो सुन सक्कली भए नभएको परीक्षणपछि मात्र थाहा हुने नागढुङ्गाका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताउनुभयो ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया