अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
सर्लाही - बरहथवा नगरपालिका-१, हजरियामा बागमती नदीले दैनिक खेतीयोग्य जग्गा कटान गरिरहेको छ ।
बागमती नदीले धार परिवर्तन गरेर दैनिक २,३ बिघाको दरले खेतीयोग्य जग्गा कटान गरिहेको स्थानीयले बताएका छन् । असार २५,२६ र २७ गते बागमती नदीमा आएको बाढीले बाँध तटबन्ध भत्काएपछि खेतीयोग्य जग्गा कटानमा परेको बरहथवा नगरपालिका-१ का वडाध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिनुभयो।
नदी कटान रोक्न बनाएका तट्बन्ध र बालुवाका संरचना भत्काएपछि खेतीयोग्य जग्गा कटानमा परेको हो। नदीमा पानीको बहाव निकै रहेकाले अहिले पनि त्यस ठाउँमा जमिन कटान भैरहेको र नदीलाइ साविकको ठाउँमा पुर्याउन समस्या रहेको बरहथवा नगरपालिकाका उपप्रमुख सितादेवी माझीले जानकारी दिनुभयो।
त्यस ठाउँमा अहिले नदी कटान रोक्न बरहथवा नगरपलिका र बागमती लालबकैया नदी नियन्त्रण आयोजना बारा प्रवानिपुरले अस्थायी संरचना निर्माणको काम धमाधम गरिरहेको छ। बागमती नदीलाइ पुरानै ठाउँमा फर्काउन झण्डै चार करोडभन्दा बढी रकम खर्च गर्नुपर्ने बरहथवा नगरपालिकाका इन्जिनियर रोशन चौधरीले जानकारी दिनुभयो।
बागमती नदीकाे जग्गा कटान नरोकिएपछि बिहीबार बरहथावा नगरपालिकाका उपप्रमुख सितादेवी माझी,योजना अनुगमन शाखाका प्रमुख होमबहादुर थापा, नगरपालिकाका कानुनी सल्लाहकार महेश बराल,इन्जिनियर रोशन चौधरी लगायतले नदी कटान तथा प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुभएकाे थियाे ।उहाँहरुले तत्कालै त्यस ठाँउको नदी कटान नरोके आगामी दिनमा बरहथवा नगरपालिकासहित बसरवरिया गाउँपालिका, धनकौल गाउँपालिका, रामनगर गाउँपालिका र बलरा नगरपालिकामा बाढी र डुबानको उच्च जोखिम पर्ने पनि बताउनुभयाे ।
बागमती नदीले धार परिवर्तन गरेर बहाव पूर्वतर्फ मोडिएपछि खर्सालघाटका किसानले लगाएको सयौँ बिघा जमिनको धान, मकै, उखु, दलहन बाली पूर्णरुपमा नष्ट भएको छ। नियन्त्रणका लागि विभिन्न कार्यालयमा पटक–पटक गएपनि रोकथामका लागि कुनै सुनुवाई नभएको स्थानीयको भनाइ छ । बाढी यता बागमती नदीले झण्डै दुई किलोमिटर लामो खेतीयोग्य जमिनलाइ बगरमा परिणत गरेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।