बार्सिलोनाले बेच्यो माल्कम

 साउन १८, २०७६ शनिबार ६:४२:० | एजेन्सी
unn.prixa.net

बार्सिलोनाले गएको वर्ष भित्र्याएको ब्राजिलियन विङ्गर माल्कम बेचेको छ ।

बार्सिलोनाले ४० मिलियन युरोमा माल्कमलाई रसियन क्लब जेनिट सेन्ट पिटर्सबर्गमा बेचेको हो । माल्कम अघिल्लो सिजनमात्र ४० मिलियन युरोमा नै फ्रेन्च क्लब बोरडोबाट बार्सिलोना आएका थिए ।

कुल एक सिजन बार्सिलोनामा बिताएका २२ वर्षीय माल्कमले २४ वटा ला लिगा म्याच खेले । उनले जम्मा चार गोल गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया