रामेछापमा वडा कार्यालयमा सिलिण्डर बम विस्फोट

 साउन १८, २०७६ शनिबार ११:१३:३३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – खाँडादेवी गाउँपालिका –३ भिरपानीको वडा कार्यालयमा शुक्रबार राति नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले सिलिण्डर बम विस्फोट गराएका छन् ।

विस्फोटपछि वडा कार्यालयको कम्प्युटर, कागजात लगायतका सामानहरु पूर्णरुपमा नष्ट भएको छ । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले वडा कार्यालयको भवनमा गाडीको पुरानो टायरको बिचमा भरेको सिलिण्डर ग्यास राखेर आगो लगाएका थिए । 

ग्यास विस्फोट हुँदा वडा कार्यालयको भवनमासमेत क्षति पुगेको छ । शुक्रबार राति नै विस्फोट गराइएको भए पनि शनिबार बिहानमात्रै स्थानीयले वडा कार्यालयमा आगजनी भएको थाहा पाएर प्रहरीमा खबर गरेका थिए । 

घटनाको सम्बन्धमा छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २३, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • dhama paudyal

    Aug. 3, 2019, 11:30 a.m.

    यसरि बम पड्काएर केहि उपलब्धी हुनेवाला छैन । हुन त बिप्लब को समुहको उद्देस्य नै पनि केवल आफुहरुले जबर्जस्ती उठाएको क थित चन्दा (कर्) पचाउने र दाता लाई त्यो पैसा हामिले खाएका छैनउ भनेर देखाउने मात्र हो । यो प्रचन्ड पथ को अर्को स्वरुप मात्र हो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया