विभिन्न व्यक्तिलाई धम्क्याउँदै ७५ लाख माग्ने एक जना पक्राउ

 साउन १९, २०७६ आइतबार १३:१०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विभिन्न व्यक्तिलाई धम्क्याउँदै ७५ लाख रुपैयाँ माग गर्ने एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर-२४ का ३० वर्षीय उदय गिरी रहेका छन् । उनले विभिन्न मितिमा माेबाइलबाट नेपाली तथा भारतीय नम्बरकाे प्रयोग गरेर विभिन्न व्यक्तिलाई धम्क्याउँदै रकम माग गर्दै आएका थिए । 

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो । गिरीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेकाे महाशाखाले बताएको छ ।

साथै उनी यसअघि हातहतियार तथा खरखजाना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया