नेपालमै पहिलोपटक महिला क्रिकेट लेजेण्ड शृङ्खला आज

 चैत २५, २०८१ सोमबार ९:५२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रुपन्देहीमा पूर्व महिला क्रिकेट खेलाडीबीच ‘महिला लेजेण्ड सिरिज’ हुँदैछ । आज र भोलि दुई दिनसम्म सिद्धार्थ क्रिकेट मैदानमा हुने नेपालकै पहिलो शृङ्खलामा देशैभरबाट पूर्व महिला क्रिकेटर भैरहवा पुगेका छन् ।

पूर्व राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीको दुई टिम बनाएर खेल खेलाइने प्रतियोगिता संयोजक नितु थापाले बताइन् ।

टी–२०फर्म्याटमा खेलाइने शृङ्खलामा सहभागी हुन सन् २००७ को राष्ट्रिय टिमका खेलाडी नेरी थापा मगर, नितु थापा, निरा राज उपाध्याय, माया रावत, मधु थापा, सरस्वती लाम्गादे, बिनु बुढा मगर, सुस्मिता चौधरी, अम्बिका, तृष्णा सिंह, ममता थापा, ज्योति कुँवरको एउटा टिम बनाइएको छ ।

यस्तै, सन् २००९ को टिमका रितु कनौजिया, सोनु खड्का, शोभा आले, रोजी जोशी, सरस्वती चौधरी, खिनाकुमारी थापा, रोजी कडारी, सीता शाही, नीमा महर्जन, करुणा भण्डारीको अर्को टिम बनाइएको छ । केही अपुग खेलाडीहरु स्थानीयस्तरका सहभागी गराइने छ । 

अन्तिम अपडेट: चैत २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया