धनगढी बम विस्फाेट प्रकरण : घाइते लक्ष्मण सेरेला पक्राउ

 साउन २१, २०७६ मंगलबार १२:२५:३१ | सीताराम ओझा
unn.prixa.net

कैलाली - धनगढीमा गएकाे साउन २ गते भएकाे बम विस्फोटमा परि घाइते भएका लक्ष्मण सेरेलालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

साउन २ गते धनगढीको शहीद गेट नजिक निलम होटलमा बम विस्फाे ट भएको थियो । नेत्रविक्रम चन्द 'विप्लव' समूहका राम सिंह र लक्ष्मण सेरेलाले बोकेको बम विस्फाेट भएको हाे ।

विस्फाेटमा परि घाइते राम सिंहकाे घटना भएकै राति उपचारको क्रममा ज्यान गएको थियो भने लक्ष्मणको माया मेट्रो अस्पतालमा उपचार भएको थियो । १९ दिनसम्म प्रहरी निगरानीमै उपचार गरी उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालयमा लगिएको हो ।

बम विस्फाेटमा परि होटल सञ्चालकसहित पाँच जना घाइते भएका थिए ।

सम्बन्धित समाचार

‘बम विस्फोट हुनुअघि राम सिंहले काठमाण्डौका एक प्रहरीलाई फोन गरेका थिए’

अन्तिम अपडेट: चैत २१, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया