सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
मंसिर ७, २०८१ शुक्रबार
रोल्पा – सरकारले माध्यामिक तहको शिक्षा निःशुल्क गर्ने घोषणा गरेको भए पनि यहाँका विद्यार्थीहरुले शुल्क तिर्नु परेको गुनासो गरेका छन् ।
माध्यमिक तह अन्तर्गत कक्षा ११ मा भर्ना हुन पाँच हजार रुपैयाँ तिर्नुपरेको रोल्पा नगरपालिका–६ धाबाङका विद्यार्थी विजय केसीले बताए । सदरमुकाम लिबाङमा रहेको बालकल्याण माध्यमिक विद्यालयमा शिक्षा संकाय पढ्नका लागि भर्ना शुल्क बापत् ३ हजार र ५ महिनाको शुल्क २ हजार गरी पाँच हजार तिरेको उनले बताए ।
यसअघि कक्षा १० सम्मलाई मात्र माध्यामिक तह मानेर निःशुल्क गरिएको भनिए पनि विद्यालयहरुले भने शुल्क लिने गरेका थिए । अहिले कक्षा १२ सम्मलाई माध्यमिक तह मानिएको र शिक्षक दरबन्दी अभावका कारण निजी शिक्षकलाई तलब खुवाउन शुल्क लिने गरेको बालकल्याण माविका प्राचार्य मदुसुधन पोख्रेलको भनाइ छ ।
‘कक्षा ११ र १२ का लागि जम्मा ३ जनाको दरबन्दी छ’, उहाँले भन्नुभयो, ‘कम्तीमा पनि ५ वटा विषयको कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ, त्यसैले निजीबाट राखिएका शिक्षकलाई तलब खुवाउन विद्यार्थीबाट शुल्क लिने गरेका छौँ’ ।
माध्यमिक तहसम्म अनिवार्य निःशुल्क रुपमा पालिकाहरुले हेर्ने भनिए पनि हालसम्म पालिकाहरुबाट कुनै सहयोग नआएकाले शुल्क उठाउनु परेको विद्यालयले जनाएको छ ।
विद्यार्थी संख्या धेरै भएकाले कक्षा १० सम्म पनि अभिभावक सहयोग भनेर विद्यार्थीबाट शुल्क लिने गरेको प्राचार्य पोख्रेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।