नौ लाख रुपैयाँ घुस रकमसहित पेखरा सडक डिभिजन कार्यालयका प्रमुख पक्राउ

 साउन २४, २०७६ शुक्रबार ८:२५:३३ | सुमन गुरुङ
unn.prixa.net

कास्की - सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरि कुमार पोखरेल बिहीबार साँझ नौ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टोलीले इन्जिनियर हरि कुमार पोखरेललाई पक्राउ गरेको हो । उनीसँगै इन्जिनियर पवित्रमणि आचार्य, ठेकेदार ऋषि गौतम र पोखरेलका २ जना भान्छेलाई समेत पक्राउ गरिएकाे अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार सडक डिभिजन कार्यालय पोखरा अन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिन भनी जीएमआर निर्माण सेवाका ठेकेदार ऋषि गौतमले बिहीबार साँझ प्रमुख पोखरेलको निवासमा पुगेर नौ लाख रुपैयाँ घुस दिएर त्यहाँबाट भागेका थिए । 

अख्तियारका अनुसा घुसको सेटिङ मिलाउने काम सडक डिभिजनकै इन्जिनियर पवित्रमणि आचार्यले गरेका थिए । २ जना भान्छेलाई पैसा ओसारपोसारमा संलग्न भएकोले नियन्त्रणमा लिएको अख्तियारले जानकारी दिएको छ ।

घुस  दिएर भागेका ठेकेदार गौतमलाई प्रहरीले पोखरा-५, मालेपाटनमा रहेकाे उनकै निर्माण कम्पनीबाट नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखरामा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

घुसका लागि दुई वटा  झोला प्रयाेग गिरएकाे र तीमध्ये एउटामामा ६ लाख र अर्को झोलामा ३ लाख रहेको पनि अख्तियारले जानकारी दिएको छ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया