पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी चल्ने सम्भावना : स...
चैत ३, २०८१ आइतबार
दाङ – मुस्ताङ्गको लो घेकर दामोदर कुण्ड गाउँपालिका–३, मा गएको शुक्रबर दुर्घटना ज्यान गुमाएका दाङको राप्ती गाउँपालिकाका गुरुदक्त थापा, शान्ति गापा, सुबेरु चौधरी र कविता घर्तीका परिवारलाई राहात स्वरुप काजक्रिया खर्च १०/१० हजार रुपैयाँ दिने राप्ती गाउँपालिकाले जनाएको छ ।
साथै मृतकको शव हेलिकप्टर चार्टर गरेर ल्याउदा लागेको सम्पूर्ण खर्च दाहासंस्कारसहित भएको खर्च गाउँपालिकाले व्यहोरेको अध्यक्ष नुमानन्द सुबेदीले बताउनुभएको छ ।
‘मृतकका आफन्तहरु गाउँपालिकामा आई कागजी प्रकृया अनुसार निवेदन दिए गाउँपालिकाबाट पाउने सेवाहरु दिन हामी कञ्जुस्याई गर्ने छैनौ’, अध्यक्ष सुबेदीले भन्नुभयो, ‘हामी भनेको स्थानीय सरकार हो, स्थानीय सरकारले धेरै दिन नसक्ने र यस्ता भइपरि आउने समस्याहरु हुन्छन ।’
त्यस्तै राजपुर गाउँपालिकाले पनि मुस्ताङ घटनामा ज्यान गुमाएका मृतकहरुको परिवारहरुलाई राहात दिने भएको राजपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष विष्णबहादुर बुढाले जानकारी दिनुभएको छ ।
यसैगरी मुस्ताङमा गएको शुक्रबार टिपर दुर्घटनामा मृत्यु भएकाको परिवारलाई सरकारले पाँच लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने भएको छ । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको सोमवबरको बैठकमा दुर्घटनाको बारेमा जानकारी दिँदै मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप ५ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको हो ।
मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका ३ मा टिपर दुर्घटना हुँदा विरुवा कन्ट्रक्सनका कामदारसहित २० जनाको ज्यान गएको थियो । घाइते १२ जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको बताइएको छ । दुर्घटनामा रोल्पाका ९, दाङका ६, धादिङ, ओखलढुङ्गा, स्याङ्जा, कपिलवस्तु र कैलालीका १/१ जनाको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।