अन्ततः रोनाल्डो रियलबाट युभेन्टसमा

 असार २६, २०७५ मंगलबार २२:१७:४० | एजेन्सी
unn.prixa.net

रियल मड्रिडका स्टार खेलाडी  क्रिस्टियानो रोनाल्डो केही समयपछि युभेन्टसका खेलाडीका रुपमा चिनिनेछन् । 

रियल मड्रिडका फरवार्ड क्रिष्टियानो रोनाल्डो सिरी ए च्याम्पियन युभेन्टस जाने भएका छन् । उनलाई युभेन्टसले कीर्तिमानी मूल्यमा क्लबमा भित्र्याउने तयारी सकेको छ । स्पेनिस क्लब रियल र युभेन्टसवीच ३३ वर्षीय रोनाल्डोको विषयमा १०५ मिलियन पाउण्डको सम्झौता भएको हो । यो सम्झौतापछि अब रोनाल्डोले रियल मड्रिडमा ९ वर्षे यात्रा सकिएको छ । यसअघि युभेन्टसले गोन्जालो हिग्वेनलाई कीर्तिमानी रकम ७५ मिलियन पाउण्डमा भित्र्याएको थियो । 

केही समयपछि नै दुवै क्लबबीच रोनाल्डोको बारेमा सहमति हुने सम्भावना रहेको बीबीसीले जनाएको छ । दुवै क्लबबीच सहमति भैसकेको र त्यसलाई औपचारिकता दिन मात्रै बाँकी रहेको बताइएको छ । ९ वर्ष रियलमा रहँदा क्लबलाई महत्वपूर्ण उपाधि जिताएका रोनाल्डो र क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरजबीचमा सम्बन्ध चिसिँदै आएको थियो ।  

रोनाल्डोलाई सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट ८० मिलियन पाउण्डमा रियलले भित्र्याएको थियो । 

३३ वर्षीय पोर्चुगिज स्टार रोनाल्डो रियल मड्रिडका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले रियलका लागि चार सय ५१ गोल गरेका छन् । रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ तथा २०१७ मा गरी पाँच पल्ट बलोन डी ओर अवार्ड जितेका छन् । 

रोनाल्डोले गएको मे महिनामा मात्रै रियललाई चाैथाे पल्ट च्याम्पियन्स लिग जिताएका थिए । किभमा भएको खेलमा लिभरपुललाई पन्छाउँदै उपाधि जिते पनि प्रशिक्षक जिनेदिन जिदानले भने क्लबबाट राजीनामा दिएका थिए । रियल मड्रिडले जिदानको ठाउँमा स्पेनका पूर्व राष्ट्रिय प्रशिक्षक जुलेन लोपेटेगीलाई नियुक्त गरिसकेको छ ।

रियल मड्रिडका लागि उत्कृष्ट प्रदर्शन गरे पनि रोनाल्डो र क्लब व्यवस्थापनको बीचमा खटपट चलिरहेको थियो । गएको सिजनको लालिगामा रियल मड्रिड विजेता बार्सिलोनाभन्दा १७ अंकले पछाडि रहेपछि रियलले क्लबमा सुधार चाहिएको बताउँदै आएको थियो । रोनाल्डोलाई बेच्दै पीएसजी स्टार नेइमारलाई भित्र्याउन चाहन्छ । 

 रियल मड्रिडका कप्तान सर्जियो रामोसले रोनाल्डो रियल मड्रिडको इतिहासमा सुनौलो नाम भएर रहने बताउँदै भनेका छन्, ‘क्रिस्टियानो, तिम्रो गोल, तिम्रो नम्बर र हरेक चिजले नै सबैथोक बोल्नेछन् । रियल मड्रिडको इतिहासमा तिम्रो विशेष स्थान बनेको छ । रियल मड्रिडका समर्थकले तिमीलाई सधैँ सम्झनेछन् । सुखद भविष्यको कामना ।

 

 


 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया