सेरेना विलियम्स विम्बल्डन टेनिसको सेमिफाइनलमा

 असार २७, २०७५ बुधबार ५:५७:२४ | एजेन्सी
unn.prixa.net

अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स विम्बल्डनको सेमिफाइनलमा पुगेकी छिन् ।

वर्षको तेस्रो ग्राण्डस्लाम टेनिसको क्वार्टरफाइनलमा इटालियन खेलाडी क्यामिला जियोर्जीलाई २–१ को सेटमा हराउँदै सेरेनाले अन्तिम चारको यात्रा पक्का गरिन् । विश्व टेनिसकै सबैभन्दा सफल खेलाडी सेरेनाले जियोर्जीविरुद्धको खेलमा एक सेटले पछि परेको अवस्थामा पछिल्लो दुई सेटमा कमब्याक गरेकी थिइन् ।

२३ पटककी ग्राण्डस्लाम च्याम्पियन सेरेनालाई विश्व वरियताको ५२औं स्थानमा रहेकी जियोर्जीले पहिलो सेटमा ३–६ ले हराइन् । ३६ वर्षिय सेरेनाले दोस्रो सेटमा ६–३ को जित निकाल्दै सेट बराबरीमा लगिन् । आठौं विम्बल्डन तथा २४औं ग्राण्डस्लामको खोजीमा रहेकी सेरेनाले निर्णायक सेटमा जियोर्जीलाई ६–४ ले पाखा लगाइन् ।

बिहीबार हुने सेमिफाइनलमा सेरेनाले १३औं वरियताकी जुलिया जर्जसँग खेल्नेछिन् । जर्मनीकी जर्जले फ्रान्सकी किकी बर्टेन्सलाई २–१ कै सेटमा हराएकी थिइन् । पहिलो सेटमा ३–६ ले पछि परेकी जुलियाले किकीलाई पछिल्लो दुई सेटमा ७–५ र ६–१ ले हराउँदै सेमिफाइनलको यात्रा पक्का पारिन् ।

अर्को सेमिफायनलमा जर्मनीकी एन्जेलिके कर्वर र लाट्भियाकी एलेना ओस्टापेन्को खेल्नेछन् । कर्वरले रसियाकी डारिया कासाट्कीनालाई ६–३ र ७–५ ले हराएकी थिइन् । ओस्टापेन्कोले भने स्लोभाकियाकी डोमिनिका सिबुल्कोभालाई ७–५ र ६–४ ले हराइन् ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया