फोहरमैला व्यवस्थापन नहुँदा पूर्व-पश्चिम राजमार्ग र वन क्षेत्र दुर्गन्धित

 साउन २८, २०७६ मंगलबार १०:२८:२२ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - पालिकाहरुले फोहरमैला व्यवस्थापन गर्न नसक्दा पूर्व-पश्चिम राजमार्ग र वन क्षेत्र दुर्गन्धित बन्दै गएको छ।

राजमार्ग छेउछाउका पसल, हाटबजार र होटलबाट निस्केका फोहरलाइ सही तरिकाले व्यवस्थापन गर्न नसक्दा दिनदिनै सडक तथा वन-जंगल दुर्गन्धित बन्दै गएको हाे ।पालिकाले फोहरमैला व्यवस्थापन गर्नुकाे साटो नजिकै रहेको सडक,  जंगल तथा खोला किनारमा फाल्दा थप जोखिम बढेको छ।

यसरी जथाभावी फोहर फाल्दा त्यसबाट निस्केको दुर्गन्धले नजिकै रहेका बस्तीका नागरिक पीडित बन्दै आएका छन्।हिउँदको समयमा जथाभावी फालिएको फोहरलाइ वर्षाको बाढीले बगाएर घर खेतमा पुयाएपछि स्थानीय बासिन्दा थप समस्यामा पर्ने गरेका छन् । फोहरलाइ गल्ने र नगल्ने छुट्यार फरक-फरक ठाँउमा व्यस्थापन गर्नुपर्नेमा एकै ठाउँमा जथाभावी फाल्दा त्यसबाट थप जोखिम बढेको हरिवनका स्थानीय रामशरण उप्रेतीको भनाइ छ।

बाराको पथलैयादेखि महाेत्तरीको बर्दिवाससम्म राजमार्ग छेउका सडकमा जथाभावी फोहर फालेकाले यात्रा गर्ने यात्रुले समेत असहजता महसुस गर्न थालेका छन। वन जंगलमा जथाभावी फोहरसँगै मरेका पशुचौपाया फाल्दा जंगली जनावरसमेत थप जोखिममा पर्ने गरेका छन्। घर पालुवा मरेका पशुलाइ जंगलमा फाल्दा जंगली जनावरमा समेत सरूवा रोगको जोखिम हुनसक्ने बरहथवा नगरपालिकाका पशु प्रविधिक अरुण महोतोले जानकारी दिनुभयो।

जिल्लाका २० वटै पालिकामा फोहरमैला व्यवस्थापनका लागि ल्यान्डफिल साइट नहुँदा मरेका पशु, प्लास्टिकका झाेला, फुटेका सिसा, काटेका कपाल, पानीका  बोतल  जताततै फालिने गरेका छन्। फोहर मैला व्यवस्थापन ऐन २०६८ मा अस्पतालजन्य फोहर एकै ठाउँमा नराखी छुट्टाछुट्टै  राख्नुपर्ने  उल्लेख  गरिएको छ।

तर यहाँका सबै पालिकाले अस्पतालजन्य फोहर र अन्य  फोहरलाई एकै ठाउँमा राखेर डम्पिङ गर्दा त्यसको जोखिम झन बढदै गएको जानकारहरु बताउँछन्।वन जंगल, खोला किनारमा जथाभावी फोरह फाल्दासमेत सम्बन्धित डिभिजन वन कार्यालयहरु भने मौन बसेको छन्।

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया