पास्कितानको पेशावरमा आत्मघाती बम विस्फोट, एएनपी नेता बिलौरसहित १२ जनाको मृत्यु

 असार २७, २०७५ बुधबार ८:२६:१९ | एजेन्सी
unn.prixa.net

पाकिस्तानको पेशावरमा मंगलबार राति गराइएको संदिग्ध आत्मघाती विस्फोटमा अवामी नेसनल लिग(एएनपी) का नेता हारुन बिलौरसहित कम्तीमा १२ जना मारिएका छन् । 

याकातूत क्षेत्रमा एउटा चुनावी बैठकलाई लक्षित गरी गराइएको विस्फोटमा परि ३० जनाभन्दा बढी घाइते भएका छन् । एएनपी नेता आफ्ना कार्यकर्ताहरुसँग छलफल गर्दै गर्दा विस्फोट गराइएको हो । बिल्लौर मञ्चमा उक्लँदै गर्दा एक व्यक्तिले आत्मघाती विस्फोट गराएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानी समाचार संस्था डनका अनुसार विस्फोटबाट गम्भीर घाइते भएका बिल्लौरको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । 

बिल्लौरका बुवा तथा एएनपीका वरिष्ठ नेता बशीर अहमद बिलौर पनि सन् २०१२ मा पेशावरमा पार्टीको बैठकका क्रममा आत्मघाती विस्फोटमा मारिएका थिए । 

पाकिस्तानमा यही जुलाई २५ मा आम चुनाव हुँदैछ । चुनाव नजिकिँदै जाँदा हिंसात्मक घटनाहरु बढ्दै गएका छन् । 
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया