म्यानचेस्टर सिटीले रियाद महरेजलाई कीर्तिमानी रकममा भित्र्यायो

 असार २७, २०७५ बुधबार ११:३४:५५ | एजेन्सी
unn.prixa.net

इंग्लिस क्लब म्यानचेस्टर सिटीले रियाद महरेजलाई अनुबन्ध गरेको छ ।

२७ वर्षे विङ्गरलाई सिटीले क्लबको कीर्तिमानी रकममा लेस्टर सिटीबाट भित्र्याएको हो । अल्जेरियन खेलाडीलाई ६० मिलियन पाण्डमा क्लबमा आबद्ध गराएको हो ।
अनुबन्ध गएपछि मेहरेजले इंग्लिस फुटबलमा नयाँ परिभाषा ल्याउन सफल म्यानचेस्टर सिटीको खेल्ने शैली आफ्ना लागि सुहाउने प्रतिक्रिया दिए ।

उनले सिटीका प्रशिक्षक पेप ग्यार्डिओलाको पनि प्रशंसा गरे । ‘पेपको आक्रामक रणनीति र खेलाउने शैलीका कारण गत सिजन उत्कृष्ट प्रदर्शन गरेको थियो’, मेहरेजले भने ।

पेपको प्रशिक्षणमा आफ्नो खेल स्तरपनि बढ्ने प्रतिक्रिया मेहरेजको छ । सन् २०१६–१७ को सिजनमा लेस्टर सिटीले अविश्वसनीय रुपमा इंग्लिस प्रिमियर लिगको उपाधि जित्दा महरेजले इंग्ल्याण्डको व्यावसायिक खेलाडीहरुको संस्था पीएफएको वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका थिए । लेस्टरका लागि उनले १७९ खेलमा ४८ गोल गरेका छन् ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया