काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
अन्तर्राष्ट्रिय जुडो वरियताका लागि हङ्कङमा हुने एसियन कप क्याडेट एण्ड जुनियर च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली खेलाडी सोनिया भट्टलाई विदाई गरिएको छ ।
सातदोबाटामा रहेको राष्ट्रिय ओलम्पिक कमिटीमा बुधबार आयोजित कार्यक्रममा कमिटीका अध्यक्ष तथा सांसद जिवन राम श्रेष्ठले भट्टलाई विदाई गर्नुभयाे ।
भट्टका साथमा प्रशिक्षक सुनिता मगर पनि जानेछिन् ।
सोनियाले जुलाई १४ देखि १५ सम्म हङ्कङमा र २० देखि २२ सम्म मकाउमा हुने प्रतियोगितामा सहभागिता जनाउनेछिन् ।
यो प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सकेमा सोनियाले जुडोको वरियता हासिल गर्नेछिन् । प्रतियोगितालाई युथ ओलम्पिक खेलकुदको तयारीका रुपमा पनि हेरिएको छ ।
अर्जेन्टिनामा अक्टोबरमा हुने युथ ओलम्पिकमा उनले वाइल्ड कार्ड मार्फत सहभागिता जनाउनेछिन् ।
दुई सदस्यीय नेपाली टोली भोली हङकङ प्रस्थान गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।