पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी चल्ने सम्भावना : स...
चैत ३, २०८१ आइतबार
भक्तपर – भक्तपुरबासीले प्रयोग गर्दै आएका ९० प्रतिशत खानेपानीमा दिसामा पाइने कोलिफर्म पाइएको र अधिकांश मुहान प्रदूषित रहेको तथ्य सार्वजनिक गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो तथ्य सार्वजनिक गरिएको हो । भक्तपुरमा पानी तथा खाद्यान्नबाट हुने सरुवा रोगको महामारीको उच्च रहेको जनाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर चन्दले कार्यालयले केही दिन अघिमात्रै सम्पन्न गरेको खानेपानी मुहानको पानीको परीक्षणका क्रममा ९० प्रतिशत पानीको मुहान प्रदूषित कोलिफर्म पाइएको बताउनुभयो ।
‘कार्यालयले केही दिन अघि मात्रै जिल्लाका विभिन्न १८ वटा खानेपानीको मुहानको पानीको परीक्षण गरिएका थियौं’, चन्दले भन्नुभयो, ‘त्यसमध्ये १६ वटा मुहानका पानी प्रदूषित पाइयो, मूलकै पानीमा कोलिफर्म देखिएकाले भक्तपुर महामारीजन्य रोगको प्रकोपको उच्च जोखिममा रहेको पाइएको छ ।’
कार्यालयले चाँगुनारायण, नगरकोट, नंखेल र सूर्यविनायकमा रहेको खानेपानीको मूलबाट आउने पानीको परीक्षण गर्दा सूर्यवनायक नगरपालिका–६, कटुञ्जेस्थित तीनधारा र चाँगुनारायण नपा–६ नगरकोटस्थित हेल्थपोस्ट मूलको पानीमात्रै खानयोग्य पाइएको उहाँको भनाई थियो ।
भक्तपुर नगर क्षेत्र र मध्यपुर थिमी नगरका बासिन्दाले प्रयोग गर्दै आएको खानेपानीको मूल रहेको नगरकोटस्थित मुहानपोखरी र बोडेको पानीसमेत प्रदूषित रहेको छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले वितरण गर्दै आएको यी खानेपानीहरु मध्ये नगरकोटस्थित मुहानपोखरीमा फिल्टर प्लान्ट नै छैन भने बोडेमा वर्षौदेखि फिल्टर प्लान्ट बिग्रिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।