पहिलो दिनदेखि नै बजेट कार्यान्वयन गर्न प्रमको निर्देशन

 असार २७, २०७५ बिहीबार ५:३४:१३ | रासस
unn.prixa.net

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेटको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको करीब छ घन्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रालयका नीति, कार्यक्रम, योजना र बजेटको कार्यान्वयन गर्दा त्यसबाट प्राप्त हुने प्रतिफल तोकेर अघि बढ्न निर्देशन दिनुभएको हो । उहाँले समृद्धि, विकास, सुशासन र स्थिरताको जनताको चाहनालाई सम्बोधन गर्न सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको थियो । 

बजेट र कार्यक्रम कार्यान्वयनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नियमित अनुगमनसमेत गर्ने भएकाले अल्पकालीन र दीर्घकालीन योजनाका साथ प्रभावकारी सेवा प्रवाहमा लाग्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको हो । आउँदो साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष शुरु हुन्छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीसमक्ष सचिवहरुले सरकारको वार्षिक र पञ्चवर्षीय योजनाबारे प्रस्तुतीकरण गरेको जानकारी दिनुभयो । छलफलमा २१ वटै मन्त्रालयका सचिवले मन्त्रालयगत कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए । 
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया