मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री ...
मंसिर १०, २०८१ सोमबार
अन्तरिक्षको बारेमा हामीले अझै पनि धेरै कुरा बुझ्न बाँकी छ । तर यो कुरा पक्का हो, हामी पृथ्वी छोडेर अन्तरिक्षमा गएर अपराध गर्याैँ भने पृथ्वीमै भएको नियम कानुन लाग्नेछ ।
पछिल्लो समयमा नासाले एउटा यस्तै आपराधिक घटनाको अनुसन्धान गरिरहेको छ । यो अपराध अन्तरिक्षमा भएको छ ।
एक अन्तरिक्ष यात्रीमाथि यस्तो किसिमको आरोप लोगेको छ । उनले अन्तरिक्षमा रहेका बेला आफ्ना पूर्वपतिको बैंक खाताबारे जानकारी लिने प्रयास गरेकी छिन् । उनले नासाको इन्टरनेशनल स्पेस स्टेशनमा रहेका बेला यो काम गरेको आरोप छ ।
यदि आरोप प्रमाणित भएमा यो अन्तरिक्षमा भएको पहिलो अपराध हुनेछ ।
न्युयोर्क टाइम्सका अनुसार अन्तरिक्ष यात्री ऐन मैक्लेन ले इन्टरनेशनल स्पेस स्टेशनबाट आफ्ना पूर्वपतिको बैंक खाताबारे जानकारी लिने प्रयास गरेको स्वीकार गरेकी छिन् तर आफूले केही गलत नगरेको उनको दाबी छ ।
उनका पूर्वपति समर वार्डनले ‘फेडरल ट्रेड कमिसन’मा ऐनविरुद्ध उजुरी दिएका छन् ।
ऐन र वार्डनले सन् २०१४ मा विवाह गरेका थिए । सन् २०१८ मा वार्डनले सम्बन्धबिच्छेदका लागि निवेदन दिएका थिए । यसबारेमा नासाले निष्पक्ष जाँचका लागि दुवै पक्षसँग सम्पर्क गरेको जनाएको छ ।
अन्तरिक्षमा नियम कानुनले कसरी काम गर्छ ?
इन्टरनेशनल स्पेस सेन्टर पाँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्पेस एजेन्सीको संयुक्त प्रयास हो । यसमा अमेरिका, क्यानडा, जापान, रुस तथा युरोपियन देश समावेश छन् ।
यहाँ कुरा रह्यो कानुनको । अन्तरिक्षमा कसैले अपराध गर्छ भने उमाथि धरतीकै नियम लागू हुन्छ । धरतीमा रहँदा उ जुन देशको नागरिक हो त्यही देशको कानुन अनुसार उसमाथि सजाय हुन्छ । जस्तै, कोही क्यानडाको नागरिकले अन्तरिक्षमा अपराध गर्यो भने उमाथि क्यानडाको राष्ट्रिय नियम अनुसार कारबाही हुन्छ ।
अहिलेसम्म अन्तरिक्षमा हुने अपराधको बारेमा केही कानुनी व्यवस्था बनेको छैन ।
– बीबीसी हिन्दीबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।