पाल्पाको निस्दीमा जङ्गलको डढेलो बस्तीमा सल्किँदा घरगोठ जलेर नष्ट

 वैशाख १०, २०८२ बुधबार ९:२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – पाल्पाको निस्दी गाउँपालीका–१ मा जङ्गलमा लागेको डढेलो बस्तीमा पस्दा स्थानीय दिलबहादुर सारुको घरगोठमा क्षति भएको छ ।

आगलागीबाट घरमा रहेका नगद, गरगहनासहित अन्नपात, गोठमा रहेका बाख्रा, भैँसी र गाई जलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जङ्गलमा लागेको डढेलो बस्तीमा पस्दा घरगोठ जलेको प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिनभयो ।

जङ्गलमा लागिरहेको आगो हावाहुरीले उडाएर दुई तले ढुङ्गा र जस्ताले छाएको घर र खरले छाएको गोठमा पसेको थियो ।

जसले गर्दा घरगोठ दुवै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । डढेलो हिजो दिउँसो बन्चरेडाँडा जङ्गलबाट शुरू भएको स्थानीयवासीले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख १०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया