प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
दाङ – भारतबाट रोजगारी गरेर फर्कँदै गरेका दाङको बंगलाचुली गाउँपालिका रानीबाँसका २३ वर्षीय लालु घर्ती घोराहीमा मृत अवस्थामा भेटिएका छन् ।
रोजगारी गरेर फर्कँदै गरेका लालु घर्तीसहित ६ जना घोराहीको एक होटलमा शनिबार राति बास बसेका थिए । आइतबार बिहान घर्ती मृत अवस्थामा होटलको कोठामा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घोराहीको ट्राफिक चोकमा रहेको शंकर होटलमा शनिबार राति साढे ८ बजे घर्तीसहित अन्य ६ जना बास बसेको र २०६ नम्बरको कोठामा घर्ती मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।