डा. केसीको जीवनरक्षाका लागि डा. भट्टराईलाई ज्ञापनपत्र

 असार २८, २०७५ बिहीबार ७:१५:१८ | रासस
unn.prixa.net

काठमाडौं – नेपाल चिकित्सक संघले गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका विषयमा १५ औँ पटक अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नयाँशक्ति पार्टी  नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई बुधबार ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ र महासचिव डा. लोचन कार्कीले बुधबार संयोजक डा. भट्टराई भेटी अनसनरत डा. केसीको जीवन रक्षाका लागि सरकारसमक्ष विशेष पहल गरिदिन आग्रह गर्नुभएको हो ।

डा. केसी १५ औँ पटकसम्म अनसन बस्नुपर्ने बाध्यात्मक घटनाक्रमले नेपालमा चिकित्सकीय पेशाको मर्यादा नै धरापमा पर्दै गइरहेको भन्दै संघले संयोजक डा. भट्टराईलाई यसअघि संघ र डा केसीसमक्ष सरकारले गरेको पटक पटकको सम्झौता तथा माथेमा आयोगको प्रतिवेदनबमोजिम मेडिकल कलेजहरुको गुणस्तर, विश्वसनीयता तथा पारदर्शीता कायम गर्न माग गरेको छ ।

संघको आग्रहलाई अस्वीकार गरिए डा. केसीको जीवन रक्षाका लागि मुलुकभरका आकस्मिक सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी समेत संघले दिएको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Kedarnath subedi

    July 12, 2018, 7:45 a.m.

    युरोपियन युनियन र दिल्लिलाइ काँधमा बोकेर हिडने बाबुराम लाई जीवन रक्षाकोलागी हारगुहार गर्नुले ।नाटकको उद्देश्य प्रस्ट हुदैछ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया