इरानमा बुर्काको विरोध गर्ने एक युवतीलाई अदालतले २४ वर्षको सजाय सुनायो

 भदौ १२, २०७६ बिहिबार १६:६:२५ | एजेन्सी
unn.prixa.net

इरानको अदालतले बुर्का (हिजाब) को बाध्यता समाप्त गर्नका लागि अभियान चलाउने एक युवतीलाई २४ वर्षको जेल सजाय सुनाएको छ । 

बुर्काको विरोधमा ‘ह्वाइट वेनस्डे’ अभियान चलाउने २० वर्षीया युवती अफसरीलाई तेहरानको इस्लामिक रेभोल्युसनरी अदालतले सुनाएको निर्णयलाई लिएर विश्वभरि नै निन्दा गरिएको छ । 

सजाय सुनाउँदै न्यायाधीशले भने, ‘महिलाहरुको हिजाब उतारेर  देशमा भ्रष्टाचार र वेश्यावृत्तिलाई बढावा दिएको छ । यसर्थ २४ मध्ये १५ वर्षको जेल सजाय तपाईँलाई यी दुई अपराधको लागि दिन गइरहेका छौँ ।’

अफसरी र उनकी आमा राहीला अहमदी इरानमा चलाइएको 'ह्वाइट वेनस्डे' अभियानका प्रमुख हुन् । अफसरीलाई यसअघि सन् २०१८ को अगष्टमा तेहरानबाट गिरफ्तार गरिएको थियो । त्यसबेला उनलाई एक वर्षको जेल सजाय सुनाइएको थियो तर विश्व समुदायको दबावमा उनलाई फेब्रुअरी महिनामा नै रिहा गरिएको थियो । 

के हो 'ह्वाइट वेनस्डे' अभियान ?

इरानमा सामाजिक सञ्जालमा हिजाबविद्ध अभियान चलिरहेको छ, जसको माध्यमबाट महिलाहरुलाई बिना हिजाबको तस्बिर शेयर गर्नका लागि अपिल गरिएको छ । जसको माध्यमबाट महिला सशक्तीकरणसँग जोडेर हेरिएको छ । यो अभियानको पहिलो दुई हप्तामा २०० ओटा भिडियो पोस्ट भए भने ५ लाख मानिसहरुले हेरे । 

त्यसपछि तेहरानको रेभोल्युसनरी अदालतले यस्तो गर्ने महिलालाई १ देखि १० वर्षसम्मको सजाय दिने आदेश दियो । त्यसयता सयौँ महिला जेल गैसकेका छन् । यो हप्तामात्रै १२ जना महिलाले सजाय पाइसकेका छन् । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया