यूईएफए अवार्ड : मेस्सी वर्षकै उत्कृष्ट फर्वार्ड, जोङ बने उत्कृष्ट मिडफिल्डर

 भदौ १२, २०७६ बिहीबार २३:९:५३ | एजेन्सी
unn.prixa.net

गत सिजन आयाक्सलाई सेमिफाइनलसम्मको सानदार यात्रा दिलाउने क्रममा नायक बनेका फ्रेन्की डि जोङ युरोपकै उत्कृष्ट मिडफिल्डर चयन भएका छन् ।

बिहीबार राति फ्रान्समा भएको एक समारोहबीच उनलाई यूईएफए उत्कृष्ट मिडफिल्डरको रुपमा अवार्ड दिइएको हो । गत सिजनको प्रदर्शनका आधारमा यो अवार्ड दिइएको छ । उनी यस सिजनदेखि आयाक्स छाडेर बार्सिलोना अनुबन्ध भएका छन् ।

युरोपको उत्कृष्ट फर्वार्डको रुपमा लियोनल मेस्सीलाई सम्मान गरिएको छ । योसँगै मेस्सीले यूईएफएमा उत्कृष्ट फर्वाडको अवार्ड पाँच पटक जितेका छन् ।

च्याम्पियन्स लिग विजेता टोली लिभरपुलका भर्जिल भान डाइक उत्कृष्ट डिफेन्डर र गोलरक्षक एलिसन बेकर उत्कृष्ट गोलरक्षक घोषित भए ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया