चार्जिङ स्टेशनमा लगानी बढाउन लगानीकर्तालाई घिसिङको आग्रह
चैत १५, २०८० बिहिबार
जुम्ला – जुम्लाको तिला गाउँपालिका – ६ पाटनमा बिहीबार चट्याङ लागेर २५० ओटा भेडा मरेका छन् ।
स्थानीय नुनिलाल रावत, लालबहादुर रावत, जयलाल रावत, बाँचे रावत र देवबहादुर रावतका भेडा मरेको स्थानीयवासी महाविर रावतले जानकारी दिनुभयो । चट्याङ लागेर महाविर रावत घाइते भएका छन् ।
व्यावसायिक रुपमा भेडा पालेर बसेका किसानको चट्याङ लागेर भेडा मरेपछि परिवारको घरखर्च चलाउन समस्या भएको नुनिलाल रावतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चट्याङले हामी किसानको रोजिरोटी खोसेको छ ।’
जुम्लामा कहिले हिमपातले त कहिले चट्याङको मारमा किसान पर्दै आएका छन् । यो वर्ष हिउँदे सिजनमासमेत हिमपातले सयौँ भेडा मरेका थिए ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।