श्रीमतीलाई माइत पुर्‍याएर फर्कँदै गर्दा जीप दुर्घटनामा श्रीमानकाे ज्यान गयो

 भदौ १४, २०७६ शनिबार १५:४६:४४ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा –  तिज मनाउन श्रीमतीलाई माइत पुर्‍याएर फर्कने क्रममा जीप दुर्घटनामा परेर श्रीमानको ज्यान गएको छ । 

श्रीमती र छोरीलाई सदरमुकाम लिबाङबाट रोल्पा नगरपालिका–७ निम्री पुर्‍याएर फर्कने क्रममा भे १ ज ४६५६ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । दुर्घटनामा रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय चालक दिलबहादुर बुढामगरको ज्यान गएको हो । 

हिमताल यातायात प्रालिको जीप सडकबाट २ सय मिटर तल माडी खोलामा खसेको हो । दुर्घटनालगत्तै स्थानीय र प्रहरी घटनास्थल पुगेका थिए । 

वर्खायाममा खोला ठूलो भएकाले जीपभित्र अन्य मानिस भए-नभएको पत्ता लगाउन कठिन भएको प्रहरीको भनाइ छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया