जुम्लामा दाेस्राे स्याउ महोत्सव सम्पन्न

 भदौ १४, २०७६ शनिबार १८:५९:५३ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लामा दोस्रो स्याउ महोत्सव शनिबार सम्पन्न भएको छ ।

जुम्ला र स्याउ दुवैलाई चिनमउने उद्देश्यले कान्जिरोबा टाइम्सको आयोजनामा दोस्रो स्याउ महोत्सव सम्पन्न भएको हो । महोत्सवको उदघाटन कर्णाली प्रदेस सरकारका प्रवक्ता भूमि व्यववस्था तथा कृषि मन्त्री बिमला केसीले गर्नुभएको थियाे ।

मन्त्री केसीले महोत्सवमा राखिएका जुम्लाको अर्गानिक स्याउका एक सयभन्दा बढी स्टलहरुसमेत अनुगमन गर्नुभएको थियाे । अवलोकनपछि मन्त्री केसीले कर्णाली प्रदेशको पहिचानको आधार स्याउ भएकाले अब उत्पादन वृद्धि गर्न किसानलाई उत्साहित गर्नुभयो । 

स्याउ प्रशोधन केन्द्रको डीपीआर गरिने: 

मन्त्री केसीले कर्णाली प्रदेश सरकारले जुम्लामा बहुउपयोगी स्याउ प्रशोधन केन्द्रका लागि डीपीआर तयार गर्ने बताउनुभयो । डीपीआर र कृषकलाई उत्पादनका लागि डेढ करोड रुपैयाँ बजेट समेत विनियोजन गरिएको बताउनुभयो । उहाँले अब कर्णालीमा कोक र फेन्टा नभइ होइन स्याउको जुस उत्पादन गर्न आवश्यक रहेको भन्दै हरेक पालिकामा जैविक विषादी केन्द्र स्थापना गर्न आवश्यक रहेको बताउनुभयाे । 

प्रदेश सांसद दिनबन्धु श्रेष्ठले सडक सञ्जाल राम्रो नहुँदा किसानका स्याउ बिग्रने गरेकाले प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । जुम्लाको ब्राण्ड स्याउलाई संसारसामु चिनाउन महोत्सवको आयोजना गरिएको कान्जिरोवा टाइम्सका प्रवन्ध निर्देशक महेन्द्र कार्कीले जानकारी दिनुभयो ।

गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले जुम्लाकाे पहिचान स्याउ व्यवसाय र कृषि पेशा भएकाले गाउँपालिकाले समेत प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले स्याउ पर्यटनको ठूलो आधार हुनेसमेत दावी गर्नुभयो ।

 स्याउ किसान पुरस्कृत

यसैगरी स्याउ मेलामा राखिएका स्टलका स्याउ किसानहरु पुरस्कृत भएका छन् । रोयल डेलिसियस जातका किसानहरुमध्ये चना ७ जुम्लाका किसान रत्नबहादुर बम प्रथम, राजु मल्ल ( चन्दननाथ ६ ) द्वितीय र पुष्पा खत्री तृतीय ( चना १० ) भएका थिए ।

यसैगरी रेड डेलिसियस स्याउमा चन्दननाथ ६ का किसान  गोरख बहादुर सुनार प्रथम भएका छन् । यसैगरी चन्दननाथ ८ का भैरव धराला दृतीय र चन्दननाथ ४ का हरि प्रसाद देवकोटा तृतीय भएका थिए ।  
 

 

अन्तिम अपडेट: बैशाख १, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया